
+977-01-4533606
open 10 am - 5.00pm Kulung Samudhahik Bhawan
राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तमा आधारित भई सहकारी ऐन, २०७४ अन्तंगत सहकारीताको अवधारणा अनुशार स्थापना भएको यो संगम सहकारी मंच, बचत तथा ऋण सहकारी संस्था लि. सहकारी विभागबाट वित्तिय कारोवार गर्न इजाजत प्राप्त सहकारी संस्था हो यस संस्थाको प्रमुख उद्देश्यहरुमा "एकका लागि सबै सबैका लागि एक नै सहकारिता हो भन्ने मूल मन्त्रलाई आत्मासात गरी विपन्न गरिव तथा मध्यम वर्गीय घर परिवार सदस्य तथा बचतकर्ताहरुलाई लक्षित गरी सवैको भावनात्मक एकता, आपसी सहयोग, सदभाव सहकार्यका साथै आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने लक्ष्य राखी सदस्यहरुमा सा-साना रुपमा छरिएर रहेको पुँजीलाई एकत्रित गरि फजुल खर्च नियन्त्रण गरी बचत गर्ने बानी बसाई संकलित बचत पुँजीलाई आवश्यक भएका सदस्यहरुलाई उचित व्याजदरमा कर्जा उपलब्ध गराई उनीहरुलाई आत्मनिर्भर, सक्षम र सामाजिक भावनाको विकास गराई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै देश र जनताको अर्थतन्त्रमा टेवा पुयाउने उद्देश्य रहेको छ । यस संस्थाको कार्यालय गोकर्नेश्वर–०३ सुन्ताखान ,काठमाण्डौ स्थित अवस्थित छ ।
| कर्जा योजना | व्याजदर |
१ | उद्योग वा व्यापार व्यवसायका लागि | १५.५% |
२ | व्यक्तिगत कर्जा | १६% |
३ | आकस्मिक आवश्यकता पूर्तिका लागि | १६% |
४ | शिक्षा कर्जा | १६% |
५ | बैदेशिक रोजगार कर्जा | १६% |
६ | आयआर्जनका कुनै कामका लागि | १६% |
७ | घरजग्गा खरिद वा भवन निर्माण / मर्मत कर्जा | १६% |
८ | आवधिक बचत मार्फत ऋणमा | प्राप्त ब्याजमा थप २% |