| कर्जा योजना | व्याजदर |
१ | उद्योग वा व्यापार व्यवसायका लागि | १५.५% |
२ | व्यक्तिगत कर्जा | १६% |
३ | आकस्मिक आवश्यकता पूर्तिका लागि | १६% |
४ | शिक्षा कर्जा | १६% |
५ | बैदेशिक रोजगार कर्जा | १६% |
६ | आयआर्जनका कुनै कामका लागि | १६% |
७ | घरजग्गा खरिद वा भवन निर्माण / मर्मत कर्जा | १६% |
८ | आवधिक बचत मार्फत ऋणमा | प्राप्त ब्याजमा थप २% |
ऋण लिदाँ थप १% व्यवस्थापन शूल्क लाग्नेछ ।
ऋण प्रदान गरिने प्रक्रियाहरु
१. संस्थाको शेयर सदस्य हुनुपर्नेछ ।
२. संस्थामा नियमित बचत गरेको ३ महिना पुरा भएको हुनुपर्नेछ ।
३. संस्थालाई तिर्नुपर्ने बाँकी बक्यौता हुनुहुदैन ।
४. यस संस्थामा भएका कुनै अन्य सदस्यहरmको लागि धनजमानी बसेको हुनुहुदैन ।
५. ऋण रकमको साँवा र व्याज रकम सजिलै खाम्न पुग्ने गरी धरौटीको व्यवस्था गरेको हुनुपर्नेछ । सामान्यतय ऋण रकमको दोव्वर मूल्य बरावर हुने आफ्नै नामको वा सगोलको घरजग्गा धितो राखेर मात्र ऋण लगानी गरिनेछ ।
६. रु. १ लाख सम्मको छोटो अवधिको ऋणको लागि सदस्यले आफ्नो शेयर र बचत खातामा रहेको रकमको ९० प्रतिशत वा अन्य कुनैे एक वा एक भन्दा बढि सदस्यले शेयर वा बचत खातामा रहेको रकम रोक्का राख्ने गरी व्यक्तिगत धन जमानीमा ऋण दिन सकिनेछ ।
ऋण लिदा पेश गर्नुपर्ने कागजातहरु
१. ऋण आवेदन फारम
२.नागरिकताको प्रतिलिपी र फोटो २ प्रति
३.शेयरको प्रमाण–पत्रको प्रतिलिपी
४.बचत पासबुकको प्रतिलिपी
५. जग्गाको जग्गाधनी प्रमाण पूर्जा (सक्कलै)
६. जग्गाको राजीनामा लिखित (सक्कलै)
७. चार किल्ला प्रमाणित कागजात
८. जग्गाको व्लुप्रिन्ट नक्सा र ट्रेस नक्सा
९. घरको नक्सा
१०.घर निर्माणको इजाजत पत्र
११. सगोलको घरजग्गा वा जग्गा भएमा मञ्जुरीनामा–पत्र
१२. तिरो तिरेको रसिद
सदस्यता लिदा पेश गर्नुपर्ने कागजातहरु
१. सदस्यता आवेदन फारम भर्नु पर्नैछ ।
२. नागरिकताको प्रतिलिपी
३. फोटो ३ प्रति
४. बालबचतको हकमा जन्मदर्ता र अभिभावकको नागरिकता प्रतिलिपी र फोटो १/१ प्रति