+977-01-4533606

open 10 am - 5.00pm Kulung Samudhahik Bhawan

sangamsahakari2050@gmail.com

You can mail us

आदरणीय शेयरधनी सदस्यज्यूहरु, यहाँहरुलाई थाहै छ सहकारी उद्देश्य नै सबै शेयर सदस्यहरुले हातेमालो गरेर, एक साथ पाइला चाल्दै हाम्रो लक्ष्य र गन्तब्य सम्म पुग्न आर्थिक अनुशासन, संचालन र विकासलाई निरन्तरता दिदै रणनीतिक योजना तथा कार्यतालिका अनुसार चुस्त दुरुस्त ब्यवस्थापन र आर्थिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाई सबैले सँगै समान सहकार्य गरी व्यक्ति, समुदाय र राष्ट्रलाई आर्थिक रुपमा टेवा पुर्‍याउनु हो । शुरुवाती कालखण्डमा बलियो रणनीनिक योजनाका साथै व्यवस्थापन अत्यन्तै मजबुट भएका कारण केहि कार्यकाल सम्म समृद्धि तर्फ अगाडी बढेको संगम सहकारी मञ्च वि. सं. २०६५/२०६६ तिर आउँदा परिवर्तित कार्यकाल संगै सञ्चालक समितिको रणनीतिक योजना बिनाको कमजोर ब्यबस्थापन साथै कमजोर आर्थिक नियन्त्रण प्रणालीका कारण यस सहकारीले लगानी गरेको ऋण नउठ्दा संगम सहकारी मञ्च धरापमा पर्‍यो । उक्त धरापमा परी घाटामा रहेको संगम सहकारी मञ्चलाई अगाडी बढाई घाटालाई पुर्ति गरी सहकारी सदस्यहरुलाई लाभ दिने उद्देश्य र हिम्मतका साथ वि.सं. २०६७/२०६८ साल देखि सोहि संस्थामा आबद्ध केहि सहकारी सदस्यहरुले नयाँ सञ्चालक समिति गठन गरी विगत १२/१३ वर्ष देखि यस संस्थालाई उत्थान गर्नका निमित्त रणनीतिक योजना तथा कार्यतालिका अनुसार चुस्त दुरुस्त ब्यवस्थापन र आर्थिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाई बिगतको संकास्पद ऋण वा घाटालाई पुर्ति गर्दै संगम सहकारी मञ्चको सहकारी सदस्यहरुलाई लाभ दिन सक्ने अवस्था सम्म आइपुगेको छ । आज संगम सहकारी मंञ्चले नेप्सकुन, सहकारी डिभिजन कार्यालय, राष्ट्रिय सहकारी बैंक र सम्पूर्ण शेयर सदस्यहरmको विश्वास जित्दै निरन्तर अगाडी बढिरहेको छ ।
वर्तमान अवस्थामा न्यूनतम सेवा शुल्क, आकर्षक व्याजदरमा बचत तथा ऋण, सदस्यहरूको नाफा बाँडफाँट, सुरक्षित र पारदर्शी वित्तीय सेवा, द्रुत र सरल ऋण प्रक्रिया, डिजिटल बैंकिङ सुविधा (मोबाइल एप, ई–बैंकिङ) ईत्यादि जस्ता बिशेषताले भरिपुर्ण संगम सहकारी मन्च बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूको आर्थिक सशक्तिकरण, सुरक्षित बचत प्रवद्र्धन, सरल र सहज ऋण सुविधा, सामूहिक लगानी र साझा विकास र आर्थिक शिक्षामा अभिवृद्धि जस्ता महत्वपुर्ण उद्देश्य लिएर साधारण बचत खाता, नियमित बचत योजना, आवधिक बचत योजना, बाल बचत योजना, महिला लक्षित बचत योजना, कृषि तथा व्यवसायिक ऋण सुविधा, गृह निर्माण ऋण, शैक्षिक ऋण, आपत्कालीन ऋण सुविधा जस्तो सेवाहरु प्रदान गर्दै अघि बढिरहेको छ ।

“हामीसँग बचत, हामीसँग समृद्धि”
“एकका लागि सबै, सबैका लागि एक नै सहकारिता हो”
 “सुरक्षित बचत, सहज ऋण र साझा समृद्धिको लागि हाम्रो रोजाइ !”
भन्ने मूल नाराका साथ सहकारीको मूल्य र मान्यतालाई आत्मा साथ गर्दै तीन खम्बे नीति अनुरmप सहकारीलाई राष्ट्रिय निमार्णमा सहयोग पुग्ने गरि स्ववित्तिय अनुशासनमा आफ्‌नो बचत तथा ऋणको कारोबार संचालन गर्दै आएको यस संस्थालाई अगाडी लैजान/बढाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरी महत्वपूर्ण सल्लाह, सुझाव र नेतृत्व दिनु हुने हाम्रा अग्रजहरु, शुभचिन्तकहरु र शेयरधनीहरु प्रति हामी संचालक समिति आभार व्यक्त गर्दछौं । साथै तपाईहरु पनि यस सहकारीको सदस्य बन्न चाहनु हुन्छ भने साधारण सदस्यता फारम भर्नु पर्ने हुन्छ जसको लागि नागरिकता वा परिचय पत्र संलग्न गर्नुहोस् र न्यूनतम शेयर खरिद गरी प्रारम्भिक बचत जम्मा गनु पर्ने हुन्छ । धन्यवाद †

पुरन प्रसाद थारु कुमाल
अध्यक्ष
संगम सहकारी मन्च बचत तथा ऋण सहकारी संस्था लिमिटेड