+977-01-4533606

open 10 am - 5.00pm Kulung Samudhahik Bhawan

sangamsahakari2050@gmail.com

You can mail us

राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तमा आधारित भई सहकारी ऐन, २०७४ अन्तंगत सहकारीताको अवधारणा अनुशार स्थापना भएको यो संगम सहकारी मंच, बचत तथा ऋण सहकारी संस्था लि. सहकारी विभागबाट वित्तिय कारोवार गर्न इजाजत प्राप्त सहकारी संस्था हो यस संस्थाको प्रमुख उद्देश्यहरुमा "एकका लागि सबै सबैका लागि एक नै सहकारिता हो भन्ने मूल मन्त्रलाई आत्मासात गरी विपन्न गरिव तथा मध्यम वर्गीय घर परिवार सदस्य तथा बचतकर्ताहरुलाई लक्षित गरी सवैको भावनात्मक एकता, आपसी सहयोग, सदभाव सहकार्यका साथै आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने लक्ष्य राखी सदस्यहरुमा सा-साना रुपमा छरिएर रहेको पुँजीलाई एकत्रित गरि फजुल खर्च नियन्त्रण गरी बचत गर्ने बानी बसाई संकलित बचत पुँजीलाई आवश्यक भएका सदस्यहरुलाई उचित व्याजदरमा कर्जा उपलब्ध गराई उनीहरुलाई आत्मनिर्भर, सक्षम र सामाजिक भावनाको विकास गराई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै देश र जनताको अर्थतन्त्रमा टेवा पुयाउने उद्देश्य रहेको छ । यस संस्थाको कार्यालय  काठमाण्डौ ३०, स्थित डिल्लीबजारमा अवस्थित छ ।

लक्ष्य: संस्थाको सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा सुधार गर्ने ।

उद्देश्यः

  • संस्थामा संलग्न सदस्यहरुवीच स्वावलम्बन, पारस्पारिक सहयोग एवं मितव्ययिताको अभिबृद्धि गरी बचत गर्ने बानीको विकास गर्ने ।
  • नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्ने र सो निक्षेपमा प्रतिस्पर्धात्मक दरमा व्याज दिने । 
  • उत्पादनशील, सीपमूलक तथा रोजगारीमूलक कार्यका लागि सदस्यहरुलाई उचित व्याजदरमा कर्जा लगानी गर्ने र सदस्यहरुलाई आत्मानिर्भरता तर्फ उन्मूख गर्ने ।
  • सस्यहरुको आर्थिक, सामाजिक अवस्था सुधार गर्ने खालका कार्यक्रम, अवसरहरुको खोज तथा संचालन गर्ने ।
  • आफ्ना उद्देश्य पूरा गर्न समान उद्देश्य भएका अन्य स्थानीय, प्रदेशिक, संघ तथा अन्तर्राष्ट्रिय संस्थाहरुसंग सम्बन्ध, समन्वय गरी सहयोग आदनप्रदान गर्ने ।
  • सिकाई, अनुभव अन्य संस्था, समुदायहरुसंग आदनप्रदान गर्ने ।

मूल्य मान्यता  (Values)
१. स्ववलम्बन (Self-help)
२. स्वउत्तरदायी (Self –responsibility)
३. समनता (Equality)
४. समता (Equity)
५. प्रजातन्त्रिक (Democracy)
६. ऐक्यबद्धता (Solidarity)

नैतिक मूल्य मान्यताहर (Ethical Values)
१. इमान्दारीता (Honesty)
२. खुलापन (Openness)
३. सामाजिक दायित्व (Social Resposibility)
४.अरलाई समेटि अगाडी बढने (Caring for Others)

सिद्धान्तहरु (Principles)
१. स्वेच्छिक तथा खुला सदस्यता
२. सदस्यहरुद्धारा प्रजातन्त्रिक नियण्त्रण
३. सदस्यहरुद्धारा आर्थिक सहभागीता
४. स्वायतता र स्वतन्त्रता
५. शिक्षा, तालिम, सुचना
६. सहकारीहरु वीच सहयोग
७. समुदायप्रति चासो

कार्यक्षेत्र: यस संस्थाको कार्यक्षेत्र नेपाल अधिराज्यभर रहनेछ ।